महोत्तरी – महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतगणना परिणामअनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ ।

निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा ९माओवादी केन्द्र० दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।

उहाँले ५५० मतपत्र गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।

मनरा सिस्वा नगरपालिकामा गएराति ११ः३० बजेदेखि मतगणना शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया