ताजा खबर :- के हुन्छ जब कुनै रोबोट नर्सको स्थान लिँदा? तपाईलाई पनि सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । अब यो पहिलो पटक हुन्छ जब रोबोट रिस्की सर्जरीमा असिस्ट गर्नेछ । यहाँ सम्म कि कानको भित्र सानो हियरिंग इम्प्लान्ट गर्न रोबोटले असिस्टेन्टको रुपमा कम गर्ने छ ।

रिसर्चका अनुसार:-

एक ५१ वर्षको महिलामा हालै गरिएको हियरिंग सर्जरीमा रोबोटले असिस्ट गरेको थियो । यी महिला पहिलो यस्तो रोगी भईन् जसको सर्जरीको समयमा रोबोटले असिस्ट गरेको थियो ।

पहिलो अपरेशन क्लिनिकल ट्रायलको हिसाबमा भएको थियो ।

रिसर्चको तरिका:-

सर्जिकल सिस्टममा रोबोटलाई समावेश गरिएको थियो र यो सर्जरीको  ज्यादै रिस्की भाग थियो । यस सर्जरीमा कानको भित्र स्कलको बोनको माध्यमले एक टनल बनाउनु पर्ने थियो ।

यो रोबोट सुरक्षाको उपायले अति राम्रो रहेको छ । यहाँ सम्म कि यसमा अप्टिकल क्यामेरा पनि लगाईएको छ । जसले रोबोटलाई २५ माइक्रोन  द्वारा ट्रयाक गर्न सक्छ ।

एक्सपर्टका अनुसार:-

स्विटजरल्यान्डको बर्न युनिभर्सिटीका प्रोफेसर स्टीफन वेबर भन्छन, अहिले हाम्रो प्रक्रिया पहिलो चरणमा छ । यसमा थप अरू सर्जिकल एप्रोच हुन बाँकी छ । उनको भनाई छ कि हियरिंग इम्प्लान्टको अझैँ राम्रो रिजल्टको हामी आशा गर्दै छौँ ।

सोधकर्ताको भनाई छ कि माइक्रास्कोपिक स्केलमा काम गर्दा मानिसमा केहि लिमिटेशन हुन्छ । यदि यस सीमालाई नाघ्न खोज्दा उनीहरुलाई क्षति पुग्न सक्छ  ।

रिसर्चको निष्कर्ष:-

६५००० मानिसमा काक्लीअर इम्प्लान्ट सर्जरी पछि नतिजाको हिसाबमा प्राप्त भयो कि ३० देखि ३५ प्रतिशत रोगी  यसको अन्तर्गत सुन्ने क्षमता गुमाउने गर्दछन् । जबकि रोबोटिक्सको माध्यमले सर्जरीलाई सहजै गर्न सकिन्छ ।  यस प्रोसिजरमा रोबस्ट कम्प्युटर प्याशेन्टको  स्कल स्ट्रक्चरलाई  एनालिसिस गर्छ र ट्रीटमेन्ट प्लानलाई  पर्सनलाइज गर्छ । यो ब्लु प्रिन्ट सर्जरी भन्दा पहिले र पछि धेरै सेफ्टी प्लान्सले मेजर हुन्छ । साथमा यो पनि भेरिफाई गर्छ कि रोबोटले ड्रिलिंग ठिक लोकेशनमा छ या छैन ।

सबैभन्दा महत्वपूर्ण कुरा यो छ कि रोबोटिक पोर्शनको सिस्टममा सेन्सर्स लागेको हुन्छ । यो हरेक स्टेपमा निश्चित गर्छ कि रोबेाट क्रिटिकल स्ट्रक्चरमा सेफ डिस्टेन्समा छ । साथमा यसले वरिपरिको टिश्युजलाई ड्यामेज गरेको छैन । यस रिसर्चलाई साइन्स रोबोटिक्स जर्नलमा  पब्लिश गरिएको छ ।

तपाईको प्रतिक्रिया