तस्विरमा हेर्नुहोस् स्थानीय तहको तेस्रो चरणको निर्वाचनका रमाइला झलकहरु

वीरगन्जको श्रीपुरस्थित विद्ययापीठ उच्च मावि मतदान केन्द्रमा सोमबार मत खसाल्न लामबद्ध भएर बसेको मतदाता । आइतबार राति परेको वर्षाको कारण मतदान स्थानमा पानी जमेर हिलो भएपनि मतदान गर्नेको उत्साहमा कुनै कमी आएको छैन । तस्बिर ः विजयकुमार महतो
वीरगन्जको छपकैयामा सोमबार स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मतदान गर्न लामबद्ध भएर बसेका महिला मतदाताहरु । तस्बिर ः विजयकुमार महतो
सप्तरी जिल्लाको प्रदेश नं २ अन्तर्गत तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सोमबार मतदान गर्न लामबद्ध मतदाताहरु । तबिर ः अरुणकुमार यादव
वीरगन्जको छपकैयामा सोमबार स्थानीय तह निर्वाचनका लागि मतदान गर्न लाइनमा बसेका तेस्रोलिङ्गी मतदाता आफ्नो मतदान परिचयपत्र देखाउँदै । तस्बिर ः विजयकुमार महतो

तपाईको प्रतिक्रिया