नेपालगन्ज ०२ असोज । मिस कलेज बाँके प्रतियोगीताको ताज पहिरेकि जिभिएन कलेजकी पुष्पा उपाध्यायले आफु समाजिक क्रियाकलापमा काम गर्ने बताएकी छन । शनिबार भएको मिस कलेज बाँके २०१७ को प्रतियोगितामा उपाध्यायले ताज पहिरिए पछि सोमबार गरीएको पत्रकार भेटघाटमा बोल्दै उपाध्यायले आफ्नो पढाई सगै सामाजिक विकासमा आफुले काम गर्ने बताएकी हुन । बर्दिया राजापुर घर भएकी उपाध्यले आफु किसानको छोरी भएकाले कृषि कर्मलाई पनि बढवा दिने काम गर्न रुचि भएको बताइन । पत्रकारहरुसँग कुरा गर्दे मिस कलेज उपाध्यायले परिवारले विश्वास गरेकै कारण सफलता हासील गर्न सफल भएको बताइन । व्यृटि सगै वकिल बन्ने चाहना रहेको बताउने उपाध्यायले व्यृटि उइभ ब्रेनले मिस कलेजको उपाधि हासील गरेको बताइन ।

नाइल इभेन्ट एण्ड म्यानेजमेन्ट पहिलो पटक नेपालगन्जमा आयोजना गरेको मिस कलेज २०१७ मा कुल ६० जनाले प्रतिस्पर्धामा उत्रिएका थिए । नेपालगन्जमा पत्रकार भेटघाट गरि पहिलो, दोश्रो, तेश्रो र चौथो उपाधी हासिल गर्नेलाई आयोजकले सार्वजनिक समेत गरेको छ । आयोजकले निष्पक्ष तरिकाले छानविन गरिएको मिस कलेजको उपाधीमा धेरै चुनौति वेहोर्नु परेपनि सफलता हात पारेको बताएको छ ।

१५ लाखको खर्च रहेको उक्त कार्यक्रमका लागी ३ सय टिकट विक्रि भएको थियो । मिस कलेज गर्दा नाफा नभएपनि घाटामा पनि नरहेको आयोजकले जनाएको छ । यस्तै दोश्रो रनर हर्ष दिपकौर, तेश्रोमा स्मृति लामिछानेले हात सफल पारेका छन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश स्कूटर, ल्यापटप र एलईडि पुरस्कार पाएका थिए ।

 

तपाईको प्रतिक्रिया