नेपालगन्ज ०२ असोज । सरकारले बाढीपीडितका लागि एक महिना अघि घोषणा गरेको एकमुष्ट नगद राहत आज बाँकेका स्थानीयतहमा पठाउन सुरु गरिएको छ । राहत वितरणलाई प्रभावकारी र पारदर्शी बनाउनका लागि स्थानीयतहबाटै राहत वितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

आजदेखि सम्बन्धित स्थानिय तहमा राहत पठाउने काम सुरु भएको र उनीहरुले दैवि प्रकोप उद्दार समितिले सङ्कलन गरेको तथ्याङ्कका आधारमा रकम बाँड्ने छन् ।

बाँकेमा करिब ८५ हजार बाढीपीडितहरु रहेको तथ्याङ्क छ । सरकारले बाढीपीडितलाई तत्कालका लागि एक महिनासम्म प्रतिदिन प्रतिव्यक्ति ७० रुपैयाँ राहत दिने घोषणा गरेअनुरुप १ जनाले एकमुष्ठ २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया