एजेन्सी -चर्चित बलिउड अभिनेत्री अनुष्का शर्मालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको ‘स्वच्छता नै सेवा’ अभियानमा सहभागी हुन निमन्त्रणा दिएका छन्।

भारतिय मिडियाका अनुसार अनुष्काको उपस्थितिले अन्य मानिसलाई पनि उक्त अभियानमा सहभागी हुन प्रेरणा मिल्ने भन्दै स्वच्छता नै सेवा’ अभियानमा सहभागी हुन निमन्त्रणा दिएको बताइएको छ ।

अनुष्का ‘स्वस्च्छ भारत’ अभियानको हिस्सा हुन्।अनुष्काले स्वस्छता नै सेवा अभियानमा सहभागी हुन निमन्त्रणा दिएकाले मोदीलाई धन्यवाद दिएकी छन् ।अनुष्काले मोदीको ६७ औं जन्मदिनको अवसरमा बधाई दिँदै निमन्त्रणाको लागि धन्यबाद सर भनेकी छन् ।

तपाईको प्रतिक्रिया