एजेन्सी -एमी अवार्ड शो मा सहभागीता जनाउन पुगेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको नाम गलत बोलाइएपछि उनका फ्यानहरु आक्रोसित भएका छन् ।

भारतिय मिडियाका अनुसार ६९ औंं एमी अवार्ड शो मा सशभागी हुन पुगेकी उनलाई शो सञ्चालकले प्रियंकाको नाम नै गलत बोलाए। उनले प्रियंका चोपडालाई प्रियंका चोपा नाम ले बोलाए। तर प्रियंकाले भने गलत नाम बोले पनि कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

त्यसपछि प्रियंकाको फ्यानहरुले सञ्चालकमाथि निकै रिस पोख्दै गलत नाम लिने व्यक्तिलाई सामाजिक सञ्जालमा निकै गालिगरेको बताइएको छ ।उनी डिजाइनर गाउनमा सजिएकी थिइन् र निकै सुन्दर देखिएकी थिइन्।

प्रियंकालाई लस एन्जलसको माइक्रोसफ्ट थिएटरमा १७ सेप्टेम्बरमा एंथीन एंडरसनसँग आउटस्ट्यान्डिङ भेराइटी टक सीरीजको अवार्ड पेश गरिएको थियो।

तपाईको प्रतिक्रिया