रौतहट -रौतहटको मौलापुरमा गम्हरीया प्राविमा रहेको मतदान स्थलमा झडप भएको छ ।झडपमा परी ४ जना भन्दा बढी घाइते भएको बताइएको छ ।

माओवादी कार्यकता र अन्य दलका कार्यकर्ताबीच भएको सो झडप बिहान दश बजे झडप भएको हो ।

झडपपछि करिव आधा घण्टा मतदान स्थगित भएको थियो । मतदान सुरु भइरहेको समयमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ।

झडपपछि आधा घण्टाजति मतदान प्रकृया रोकिएको थियो। झडप नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ।

तपाईको प्रतिक्रिया