काठमाडौँ । चर्चित गायक राजेशपायल राई र अभिनेत्री रेखा थापाको फेसबुके प्रेम सम्बन्धको चर्चाको यतिबेला उत्कर्षमा छ । केही महिना चर्चामा रहेको रेखा र राजेशको बिहेको हल्ला सेलाएपछि अहिले फेरी राजेशको एउटा स्टाटसले यो जोडी प्रेममा पो हराइरहेको छकी भन्ने संभावना देखिन्छ ।

राजेशले निर्धक्क भएर फेसबुकमा रेखासँग खिचेका तस्विरहरु शेयर गर्दै मेरो मान्छे लेखेपछि रेखाले तत्काले मिस गरेको प्रतिक्रिया दिइन् । रेखा र राजेशका स्टाटसले आइतबार सामाजिक संजाल र अनलाइनमा आगो नै बाले ।

एक अन्तरवार्तामा राजेशले रेखा आँफुलाई फरासिली भएका कारण मन परेको बताएका छन् । बिहे हुने संभावना कति छ भन्ने प्रश्नमा राजेशले भने सम्भावना छ। यसलाई नकार्न सकिँदैन। अब हाम्रो सम्बन्ध कहिलेसम्म र कसरी अघि बढ्छ भन्ने कुरा हो। अहिले पनि हामी एकअर्कालाई बुझ्ने कोशिसमा छौँ।

तपाईको प्रतिक्रिया