काठमाडौँ । चलचित्र ‘प्रेमगीत २’ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर सेलिव्रेशन गरेको कार्यक्रममा चलचित्रका नायक प्रदिप खड्कालाइ ५० लाख माथिको महंगो कार उपहार दिएको छ । निर्माता सन्तोष सेनले नायक खड्कालाइ रातो रंगको कार उपहारस्वरुप हस्तान्तरण गरेका हुन् ।

आशुषेन फिल्मस्को ब्यानरमा रहेर चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’मा काम गरेका प्रदिपले सोही ब्यानरमा बन्ने चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्ने तय भइसकेको छ ।

सो अवसरमा ‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउने विजेता महिला र पुरुषको नाम पनि कार्यक्रममा घोषणा गर्दै पुरस्कार समेत दिइएको थियो ।

तपाईको प्रतिक्रिया