नेपालगन्ज ०१ असोज । बाँके प्रहरीले नेपालगन्जको बसपार्कबाट आइतबार दुईजना पाकेटमारलाई रंगेहात पक्राउ गरेको छ । अन्य दुईजना फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, बसमा सवारयात्रुलाई धक्कामुक्का गरेर ४० हजार चोर्ने रुपन्देही सैनामैना नगरपालिका २ का ५१ बर्षिय प्रेम विक र तुलसीपुर उपमहानगरपालिका ७ का ३४ बर्षिय बीरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले भारतबाट दसैं मनाउन घर फर्किदै गरेका सल्यान स्विकोटका चमरे विकको पकेटबाट ४० हजार रुपैयाँ चोरी गरेका थिए ।

चेकजाँचमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो । उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिदै प्रहरी निरीक्षक थापाले फरार अन्य दुईजनाको खोजीकार्य तीब्र पारिएको वताए । प्रहरीको हिरासतमा रहेका विक र नेपाली प्रारम्भिक अनुसन्धानका क्रममा पेशावर पकेटमार रहेको खुलेको पनि प्रहरी निरीक्षक थापाले वताएका छन ।

तपाईको प्रतिक्रिया