नेपालगन्ज ०१ असोज । नेपालगन्जमा पहिलो पटक हिरा महोत्सव सुरु भएको छ । आइतबार बाट सुरु हिरा महोत्सवको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर राणाले एक कार्यक्रमका बिच उद्घाटन गरे । त्यसक्रममा बोल्दै उनले महोत्सवले हिरा व्यवसायको प्रबद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । नेपालगन्ज स्थित सन्जित ज्वैलर्सको आयोजनामा ३ गते सम्म चल्ने महोत्सवमा हिराका विभिन्न प्रकारका गहनाहरु राखिएको छ ।

६ हजार मूल्यदेखि पाँचलाख माथिसम्मका गहना राखिएको महोत्सवमा विभिन्न अफरको व्यवस्था पनि गरिएको सन्जित ज्वैलर्सका सन्चालक सुखनारायण सोनारले बताए । काठमान्डौंको टिसा ज्वैलर्सको सहयोगमा आयोजित महोत्सवले हिरापारखीको चाहना पूरा गर्ने अपेक्षा गरिएको छ । नेपालगन्जमा एकमात्र हिरा पाइने सन्जित ज्वर्लसका सन्चालक सोनारले पछिल्लो समय हिरापारखीहरुको सङ्ख्या बढ्दै गएको वताए । दशै तिहार र छठ पर्वको अवसरमा टिसा ज्वैलर्सले हिराको गहनामा विभिन्न उपहार राखेको छ ।

एक लाखको गहना खरीदमा १ सुनको सिक्का जसमा आधा ग्राम सुन रहेको छ भने २ लाखको हिराको गहना खरीदमा दुई सिक्का गर्दे ५ लाखको गहना खरीदमा १ सुनको लकेट र १० लाखको खरीदमा एक सुनको सिक्रि उपहार राखिएको टिसा ज्वैलर्स एण्ड डाइमण्डका सिओओ नरेस वर्माले जानकारी दिए । अन्य मुल्यमा पनि विभिन्न उपहार राखिएको वर्माले बताए । हिरा महोत्सव भरी एक्सेन्ज अफर समेत राखिएको छ । नेपालगन्जमा गहना लाउनेको सोखिन विस्तारै बढ्दै गएकाले हिराका गहना पनि राखिएको सन्जित ज्वैर्लसका सन्चालक सोनारले बताए । टिसा ज्वैर्लसका अधिराज्यभरी ५० वटा शाखा मार्फत हिराको गहनाको खरीद विक्रि भैरहेको छ ।

तपाईको प्रतिक्रिया