कपिलवस्तु,- छुट्टाछुट्टै घटनामा आइतबार दुई जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–४, झुंगामा माछा मार्ने क्रममा स्थानीय ३५ वर्षीय बिथैया चौधरीको मृत्यु भएको छ । दुई फेजको लाइनबाट तार ल्याएर कुलोमा माछा मार्दा चौधरीलाई करेन्ट लागेको थियो ।

यस्तै बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५५ वर्षीय भक्तिराम चौधरीको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत गोरुसिंगेमा युपि ६४ एटि ०४८६ नं को ट्रकले साइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । उहाँको अस्पताल लजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । चालक फरार रहेको प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया