एजेन्सी -हलिउड अभिनेत्री एन्जोलिना जोलीले आफु एक्लोपनबाट खुसी नभएको बताएकी छन्। अन्तराष्ट्रिय मिडियाका अनुसार हलिउड अभिनेता ब्राड पिटसँग छुट्टिएपछि एक्लै भएकी उनले एक्लोपनबाट खुसी नभएको बताउदै यो समय निकै कठिन समय भएको बताएकी छन् ।

उनले भनेकी छन् म एक्लोपनबाट खुसी छैन, मैले यो चाहेकी थिइन। अहिले सबै गलत भइरहेको छ।’ खबर अनुसार एन्जिलाले पछिल्ला वर्षहरु आफ्नो बच्चा हेर्नमै विताएको बताएकी छन् । पिट र जोली सन् २००४ देखि साथमा थिए र दुई वर्षअगाडी मात्र विवाह गरेका थिए। उनीहरुको ६ वटा बच्चा छन्।

तपाईको प्रतिक्रिया