काठमाडौं, असोज १ ।  बल्खुको मुल सडक विस्तारकाक्रममा करिब दुई फिट अग्लो भगवान गौतमबुद्धको मूर्ति फेलापरेको छ ।

सीता पेट्रोलपम्पनजिक स्काभेटरले जमिन खन्ने क्रममा चार फिट तल बुद्धको मूर्ति फेलापरेको बताइएको छ । मूर्तिको दायाँ हात भाँचिएको अबस्थामा फेला परेको र उक्त मुर्ति पञ्चबुद्धमध्ये वैलोचन वा रत्नसम्भवको हुनसक्ने बताइएको छ ।

मूर्ति फेलापरेपछि इन्जिनियर प्रवेश मानन्धरले तत्काल प्रहरीलाई खबर गरेका थिए । लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले घटनास्थल पुगेर मूर्ति जिम्मा लिएको हो ।

तपाईको प्रतिक्रिया