पोखरा । आफ्नो पार्टिका नेता कार्यकर्ता गिरफ्तारीमा परेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले असोज २ गतेदेखि कास्की जिल्लामा सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाउने बताएको छ ।

पोखरामा पार्टिको गण्डक व्यूरो इन्चार्ज सावित्री दुराले पार्टिका कार्यकर्ता तथा समर्थक र सर्वसाधारणको गिरफ्तारी धरपकड, अनावस्यक निगरानी, घर खान तलासी र झुट्टा मुद्धामा फसाउने राज्यको प्रतिकृयावादी षडयन्त्र भएको भन्दै तत्काल वन्द गर्नुपर्ने अन्यथा पार्टि प्रतिरोधतात्मक संघर्षमा उत्रिन बाध्य रहने बताएकी छन् साथै आफ्ना कार्यकर्ताहरुलाइ विनाशर्त रिहाइ नगरे यहि आश्वीन २ गतेदेखि प्रदेश नं ४ मा सरकारी सवारी साधनमा रोक लगाउने चेतावनी दिएकी छन् ।

पोखराको सस्तो बजारमा राखेको बमलाइ नेपाल कम्युनिष्ट पार्टि विप्लव समुहसँग जोडेको र सोहि आरोपमा पर्टिका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, पार्टीका सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोविन्द ओलि, लेकेन्द्र राई लगाएतका नेता कार्यकर्तालाई गिरफ्तारी गरेको थियो ।

तपाईको प्रतिक्रिया