काठमाडौं। हालै सम्पन्न नेपाल आइडल फाइनलिस्टको कन्सर्ट धुमधामका साथ सम्पन्न भएपनि कन्र्सटस्थल टुँडीखेलमा उचित सुरक्षा ब्यबस्थाको अभाव देखिएको छ ।

जसका कारण कार्यक्रम स्थलमा थामी नसक्नुको भिडका कारण अत्याधिक दौडधुप भएपछि दर्शकहरुमा स्वास्थ्य समस्या मात्रै देखिएन कतिपय दर्शकहरु फेन्ट नै हुन पुगे । सुरक्षाकर्मीहरु सीमित भएका कारण यसरी बेहोस भएकालाई सम्हाल्न निकै समस्या भयो ।

जसका कारण पुरुष सुरक्षाकर्मीले नै महिला दर्शकहरुलाई खुला र होहल्ला नभएको स्थानमा पुर्याएपछि बल्ल महिला सुरक्षाकर्मीको खोजी गरिएको थियो ।

तपाईको प्रतिक्रिया