काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्रभावशाली नेता प्रदीप पौडेललाई जापानको अध्यागमनले दुब्र्यबहार गरेको छ ।

शनिवार अपराह्न टोकियोस्थित हानेदा विमानस्थल आइपुगेका पौडेललाई अध्यागमनले नियन्त्रणमा लिएर कार्यक्रममा प्रवेश गर्न नदिई सोधपुछ गरेर स्वदेश फर्काइदिएको छ ।

पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निमन्त्रणा गरे पनि नेता गुरुङलाई कुनै रोकतोक नगरी प्रवेश दिइएपनि नेता पौडेललाई भने एकाएक नियन्त्रणमा लिइएको स्रोतको दाबी छ । उनलाई नियन्त्रणमा लिनुको कारण नखुलाएको छैन ।

तपाईको प्रतिक्रिया