काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ को पूर्वबाट सुरु भएको टुर हेटौँडा आइपुग्दा दर्शकको ओइरो नै लागेको छ ।

सांगीतिक टुरमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वर्षा राउत, जितु नेपाल, गायक हेमन्त शर्मा लगायतको सहभागीता रहेको छ ।

‘छक्का पञ्जा २’ को सांगीतिक कार्यक्रममा हजारौं दर्शक झुम्मिएपछि यसपटक पनि चलचित्रको विशेष क्रेज भएको दर्शकको उपस्थितीले देखाएको छ ।

तपाईको प्रतिक्रिया