काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ३ गते न्युयोर्क जाने निश्चित भएपछि नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा नै पुगेर भेटवार्ता गरेका छन् ।

आइतबार भएको भेटवार्तामा प्रचण्ड र देउवाबिच प्रदेश नम्बर २ को निर्वाचन, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्थाका विाषयमा पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया