नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरुको बिषेश कन्सर्ट सम्पन्न भएको छ । शनिबार टुडिखेलमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जनदर्शक कार्यक्रम स्थल टुडिखेलमा बेहास भए ।

उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु फेन्ट भएका हुन् । टप ३ प्रतिस्पर्धीको उपस्थिति हुने जानकारी भए संगै दर्शकका भिड थामि नसक्नु थिए । कार्यक्रम स्थलमा दर्शकले निकै खचाखच भरिएको थियो । जसले गर्दा प्रहरीलाई समेत उक्त भिडलाई सम्हाल्न हम्मे–हम्मे परेको थियो ।

तिनै जना प्रतिस्पर्धीहरुको नाम लिदै नारा समेत लगाइएन् आफलाई मन पर्ने प्रतिस्पर्धीलाई गरेको हुटिङ हेर्न लायक थियो ।
कन्सर्टमा आईडलका तीनै प्रतिस्पर्धीहरु ले दुई–दुई ओटा गीतहरु गाएका थिए । कन्सर्टमा प्रताप दासले पहिलो प्रस्तुती दिएका थिए ।

उनले कार्यक्रममा चलचित्र ‘प्रेम गीत २’ को ‘मोटरसाईकलमा’, निशानले ‘तुलसी आँगनमा रोपौँला’ र बुद्धले ‘अरे क्यानम’ बोलको गीत गाएक थिए । कार्यक्रमको सञ्चालन नेपाल आईडलकी नियमित होस्ट रिमा बिश्वकर्माले गरेकी थिईन् ।
भिडियो

तपाईको प्रतिक्रिया