काठमाडौं- भारतीय मिडियाले बलिउड सेलेब्रिटीबारे हरेक पल नजर राख्ने गरेको पाइन्छ । कुन सेलेब्रिटी कहिले कहाँ, कोसँग हिँड्यो, बोल्यो, डेटमा गयो, झगडा गर्‍यो, लन्च, डिनरमा गयो, होटेलमा पस्यो, सबै खबर उनीहरूले राख्ने गरेका छन् ।

पछिल्लो समय विशेष गरी अनलाइनहरूले हिरो–हिरोइन, निर्माता, निर्देशक सार्वजनिक स्थानमा देखिएको कुरालाई समेत ‘स्पट किया है’ भन्दै हल्लीचल्ली मच्चाउने गरेका छन् । कहिले कुन हिरोइन एयरपोर्टमा भेटिइन् ? फोटोग्राफरसँग मुख लुकाएर भागिन्, कहिले कुन हिरो कफी सपमा भेटिए, पत्रकारसँग तर्किए त कहिले को निर्माता फलानी हिरोइनसँग हात समातेर हिँडेको भेटिए भन्नेजस्ता खबर प्रकाशित हुने गरेका छन् । त्यसकारण अचेल कलाकार कतै जाँदा पत्रकार छन् कि भनेर सजग हुने गरेका छन् ।

यस्तैमा पछिल्लो खबरअनुसार अभिनेत्री ज्याक्लिन फर्नान्डिस अचेल खारस्थित बडी स्कल्पचर जिमखानामा भेटिने गरेकी छिन् । जिमखानामा उनी कालो रङको टप्स र सेता लेगिन्समा हुने गर्छिन् ।

अर्की अभिनेत्री रानी मुखर्जी भने मुम्बई एयरपोर्टमा भेटिइन् । उनले नीलो पाइन्टमाथि सुन्तला रङको ज्याकेट र कालो चस्मा लगाएकी थिइन् । पूर्वपोर्नस्टार सन्नी लियोनलाई फोटोग्राफरले गोरे गाउँस्थित फिल्मिस्तान स्टुडियोमा भेटे । सन्नी त्यहाँ टिभी सो ड्रामा कम्पनीको सेटमा थिइन् । नयाँ पत्रिकाले छापेको छ ।

मुन्ना माइकल फिल्मकी हिरोइन निधि अग्रवाल र अभिनेता आदित्य राय कपुर बान्द्रास्थित एउटा जिमखानाको बाहिर सँगै देखिए । आदित्य र निधि अफेयरमा रहेको चर्चा चल्ने गरेको छ । त्यसैगरी, ऋतिक रोशन भने लिंक रोडस्थित एक्रो जिमखानामा देखिएका थिए ।
भोजपुरी फिल्मस्टार रवि किशन टिभी सो कमेडी दंगलको सुटिङमा भेटिए भने वरुण धवन, कृति सेनन, प्रिन्स नरुला र आदिती राव हैदरी मुम्बई एयरपोर्टको बाहिर देखिएका थिए ।

तपाईको प्रतिक्रिया