काठमाडौं- बलिउड अभिनेत्री प्रियंका चोपडाले हिंसाका कारण नेपालबाट सिक्किम पलायन भएका दुई बच्चाको विषयमा ‘पाहुना’ नामक फिल्म निर्माण गरेकी छिन् । उनको सो प्रान्तीय फिल्म केही दिनअघि टोरेन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।

आफ्नो प्रोडक्सन हाउसबाट प्रान्तीय भाषामा फिल्मसमेत बनाउने गरेकी प्रियंकाले एक म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा सिक्किमलाई उग्रवादी प्रभावित राज्य बताएकी थिइन् ।

उनको सो अभिव्यक्तिको अहिले भारतीयहरूले निकै आलोचना गरिरहेका छन् । जबकि, सिक्किमलाई भारत सरकारले सन् २०१३ मा अत्यन्तै कम अपराध हुने राज्यका रूपमा उल्लेख गरेको थियो । तर, एकाएक प्रियंकाले उग्रवादी प्रभावित राज्य भनेर अभिव्यक्ति दिएपछि विवाद बढेको हो । आफ्नो बोलीको आलोचना भएपछि उनले सिक्किम सरकारसँग माफी मागेकी छिन् । नयाँ पत्रिकाले छापेको छ ।

पाखी टायरवालाले निर्देशन गरेको पाहुना प्रियंकाको फिल्म कम्पनी पर्पल पेवल पिक्चर्स प्रोडक्सनबाट बनेको हो । सो कम्पनी प्रियंका र उनकी आमा मधु चोपडाले चलाउँछन् ।

तपाईको प्रतिक्रिया