काठमाडौं, असोज १

तीन चरणमा सिंहदरबारको रेट्रोफिटिङ हुँदै –
भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ ।

अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबारवरिपरि खट बाँध्ने काम सुरु गरिसकेको छ । अबको एक साताभित्र प्राधिकरणले अध्ययन टोली परिचालन गर्नेछ । सूक्ष्म अध्ययनका लागि डेढ महिनाको समय छुट्याइएको छ । यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

तपाईको प्रतिक्रिया