काठमाडौं – सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार बिहान काठमाडौंमा भएको ‘११ औं काठमाडौं म्याराथन’४२ दशमलव १९५ किलिमिटर दौड उनले २ घन्टा २३ मिनेट ५६ सेकेण्डमा पूरा गरे ।नेपाल आर्मीका होमलाल श्रेष्ठ दोश्रो भए । उनले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पूरा गरे । महिला तर्फ सरिता वासी पहिलो भइन् । उनले ३ घन्टा २६ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गरिन् । पहिलो हुने पार्की र वासीले समान ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

हाफ म्याराथनको पुरुषतर्फ सेनाको वर्चस्व रह्यो । सेनाका कृष्णा बस्नेतले १ घण्टा ८.३२ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो भए । सेनाकै राजन खत्री १ घण्टा ९.३ सेकेण्डका साथ दोस्रो तथा सेनाकै टकराज कटवाल १ घण्टा ९.५० सेकेण्डका साथ तेस्रो भए ।महिलातर्फ आर्मीका विश्वरुपा बुढा पहिलो भईन् । विश्वरुपाले निर्धारित दुरी १ घण्टा २०.२३ सेकेण्डमा पुरा गरिन् । रेशी बस्नेतले १ घण्टा २५.५३ सेकेण्डका साथ दोस्रो तथा वृन्दा श्रेष्ठले १ घण्टा २७.२४ सेकेण्डका साथ तेस्रो भईन् ।

५ किलोमिटर खुल्ला पुरुषतर्फ अजित यादव पहिलो भए । रामजी बस्नेत दोस्रो तथा रमेश मगराती तेस्रो भए । महिला ५ किलोमिटर खुल्लातर्फ फुलमती राना पहिलो भईन् । सन्तोषी श्रेष्ठ दोस्रो तथा सानुमाया कार्की तेस्रो भईन् ।५ किलोमिटर स्कुल पुरुषतर्फ सुवास थापा, वैभव विक्रम परियार सुरेन्द्र चापागाई क्रमशः पहिलो देखि तेस्रो भए । ५ किलोमिटर स्कुल गल्र्सतर्फ हुमी बुढा मगर, काजाल विष्ट र अस्मिता श्रेष्ठ शीर्ष तीन स्थानमा रहिन् । ह्वीलचेयर ५ किलोमिटर पुरुषतर्फ राम बहादुर तामाङ पहिलो, प्रेम विक दोस्रो र रमेश खत्री तेस्रो भए । महलिातर्फ लाली तामाङ पहिलो, रजनी राई दोस्रो र शर्मिला थोकर तेस्रो भईन् ।

दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु काठमाडौं, ललितपुर, भक्तपुर गरी तीन वटै शहर घुमेर पुनः दशरथ रंगशालामा आएर अन्त्य भएको थियो । प्रतियोगितामा नेपाल आर्मी, प्रहरी, सशस्त्र प्रहरी, विदेशी खेलाडी र अन्य नेपाली समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया