विराटनगर, ३१ भदौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाउनुभयो ।

उहाँले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गर्नुभयो । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् र भ्रष्टाचार भएको छ भने मतियार पनि नहुने स्पष्ट पार्नुभयो ।उहाँ सुनसरीको दुहवीमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आउनुभएको हो ।

तपाईको प्रतिक्रिया