विराटनगर -विराटनगरमा बस्दै आइरहेका सप्तरी, सिरहा र धनुषा जिल्ला स्थायी बासिन्दा मतदान गर्न आ–आफ्ना पुख्र्यौली घर फर्कन थालेका छन् ।प्रदेश नं–२ मा असोज २ गते अर्थात सोमबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जानेमा विराटनगरमा घर बनाएर बस्दै आइरहेका परिवार, कर्मचारी, विद्यार्थीलगायत छन् ।

सप्तरी, सिरहा र धनुषा जिल्लाका करिब दुई हजार परिवार विराटनगरमा घर बनाएर बस्ने गरेको, ठूलो संख्यामा विद्यार्थी विभिन्न शिक्षण संस्थामा अध्ययन गरिरहेका छन् भने कतिपय सरकारी कर्मचारीका साथै विभिन्न उद्योग लगायतका कार्यरत छन् ।दुई दशकको अन्तरालपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आपूmले मन पराएका उम्मेदवारलाई मतदान गर्न पुग्नुपर्ने हनुमानगर– कंकालिनी नगरपालिका घरमा कृपानन्द झाले बताउनुभयो ।

यस निर्वाचनमा उत्साहका साथ मतदान गरिने र आपूmले मन पराएका उम्मेदवारलाई मतदान गर्ने उहाँ जस्ता मतदाताले बताएका छन् ।राजविराज नगरपालिकाका श्रीमती पुनम देवले पनि भोलि बिहानै राजविराज जाने बताउनुभयो । विराटनगरमा पसल गर्दै आइरहनुभएका सप्तरीको तीलाठी घर भएका अञ्जन मिश्रले दुई दिन पसल बन्द गरेर मतदान गर्न अवश्य पुग्ने बताउनुहुन्छ । कुन उम्मेदवारलाई मत दिने विषयमा निर्णय नगरिएको र गाउँ पुगेपछि मात्र यस विषयमा निर्णय गर्ने उहाँको भनाइ छ ।

यसैबीच, प्रदेश नं–२ मा आउदो सोमबार हुनगइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रदेश नं–१ को केन्द्रविन्दुको रुपमा रहेको विराटनगरमा पनि व्यापक चर्चा परिचर्चा हुने गरेको छ ।प्रदेश नं–२ को आठवटैै जिल्लाका अधिकांश मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रको रुपमा अंकित गरिएको छ । स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था कडा पारिएपछि मतदातामा उत्साह थपिएको छ ।

तपाईको प्रतिक्रिया