एजेन्सी । हात्तिले पान खाएको कहिल्यै देख्नु वा सुन्नुभएको छ ? भारतको मध्य प्रदेशको गजराज नामक एउटा हात्ती दिनहुँ एउटा पानपसलमा गएर नियमित पान खाने गरेको छ ।

हात्ती जब माउतेको साथमा पान पसल पुग्दछ तब पान पसलेले उसको मनपर्ने पान खुवाउँदछ ।

पसलेले पान नदिँदासम्म हात्ती त्यहीँ ठिंग उभिरहन्छ र पसलेले सदएपछि बल्ल बाटो लाग्छ ।

पसलेलाई चाहिँ त्यो हात्तीलाई कस्तो स्वादको पान मन पर्दछ भन्ने थाहा भएका कारण पनि हात्ति पान पसलको साहुजीसँग खुशी भएको माउते बताउँछन् ।

तपाईको प्रतिक्रिया