काठमाडौं । यु–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल एसिया कप क्रिकेटका लागि छनौट भएको छ । घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो ।

ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धशतक बनाउँदै नेपाललाई सहज जित दिलाए । उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाउन कुनै विकेट गुमाउनु परेन ।

सन्दिपले ७७ बलमा ८ चौका हाने भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्ध शतक पूरा गरे । एसीसी यू–१९ एसिया कप आगामी नोभेम्बरमा हुने छ । एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुने छ ।

तपाईको प्रतिक्रिया