काठमाडौँ । नेपाल आइडलको उत्कृष्ट सातबाट बाहिरिएँगै प्रमिला राईको चर्चा सर्वाधिक चुलियो । बैंककी जागिरे प्रमिला नेपाल आइडलबाट बाहिरिएपछि भने उनको पनि व्यस्तता बढेको छ ।

अहिले उनी दुबईमा कन्सर्ट गर्न पुगेकी छिन् । नेपाल आइडलबाट निस्किएलगत्तै उनले लियोन क्लबमा कन्सर्ट गरिन् ।

बाढीपीडितका लागि उक्त च्यारिटी गरिएको थियो । वेस्टर्न टोन मन पराउनेहरू प्रमिलाका विशेष फ्यान छन् । अहिले उनी ब्यंकर कम गायिका बढी जस्तै देखिएकी छिन् ।

तपाईको प्रतिक्रिया