काठमाडौं – केञ्जलमेहर श्रेष्ठले नेपाल आइडलको उत्कृष्ट १० सम्म आफ्नो दमदार प्रस्तुति दिइन् । जब उनी आइडलबाट बाहिरिन्, उनलाई कार्यक्रमको अफरको लहर लाग्न थाल्यो । उनले युएईको आबुधावी र कतारको दोहामा कन्सर्ट गरिसकेकी छिन् । उनी भन्छिन्, ‘अब उर्लाबारी, पोखरा, अस्टे्लिरया र साइप्रसमा कार्यक्रम गर्छु ।’

नेपाल आइडलमा अडिसन दिन जानुपूर्व नै उनको ‘पिच फोर्ट’ नामक ब्यान्ड थियो । उनले काठमाडौंमा चारवटा कार्यक्रम आफ्नै ब्यान्डसँग मिलेर दिइसकेकी छिन् । नेपाल आइडलबाट बाहिरिएपछि उनको तीनवटा गीत रेकर्ड भइसकेको छ । धेरैजसो समय उनी ब्यान्ड पर्फर्मेन्समै व्यस्त छिन् । नयाँ पत्रिकाले छापेको छ ।

केञ्जल गायिका मात्र नभएर आइटीकी विद्यार्थी पनि हुन् । उनी बिएससी आइटीको अन्तिम परीक्षा सकेर रिजल्टको पर्खाइमा छिन् । रिजल्ट आएसँगै तत्कालै एमएससी आइटी पनि सकाउने उनको सोच छ । केञ्जल भन्छिन्, ‘आइटीसम्बन्धी काम र म्युजिकलाई सँगसँगै अगाडि बढाउँछु । दर्शकले मनपराउने खालको गीत दिने प्रयास गरिरहनेछु ।’

तपाईको प्रतिक्रिया