काठमाडौं – अभिनेता सञ्जय दत्तले सोह्र श्राद्धमा आफ्ना दिवंगत बाबुआमा सुनील दत्त र नरगिसको नाममा काशी पुगेर पिण्डदान गरेका छन् । सञ्जय प्लेन चार्टर गरेर मुम्बईबाट कासी पुगेको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।

सञ्जयले वाराणसीको रानीघाटमा आठजना ब्राह्मणलाई श्राद्ध पूजा गर्न लगाई पिण्ड दान गरेका थिए । सो पूजामा सञ्जयको प्रदर्शोन्मुख फिल्म ‘भूमि’का निर्देशक तथा फिल्मभित्रकी छोरी अदिति राव हैदरीसमेत उपस्थित थिए । श्राद्ध सकेपछि सञ्जयले मिडियासामु आफूले आफ्नो बाबुको अन्तिम इच्छा पूरा गरेको बताए । नयाँ पत्रिकाले छापेको छ ।

‘हस्पिटलमा हुँदाखेरि बुबाले मेरो पिण्डदान कासीमा गरिदिनू भन्ने इच्छा व्यक्त गर्नुभएको थियो,’ सञ्जयले भने, ‘त्यसैले उहाँको इच्छा पूरा गर्न काशी आएको हुँ ।’ श्राद्धपछि सञ्जय कासीमा भूमिको प्रचार–प्रसारमा खटिएका थिए ।

तपाईको प्रतिक्रिया