काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वतले न श्रृगार छ तिम्रो बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । पछिल्लो समयका चर्चित गीतकार राजेन्द्र गौतमका शब्द शृजनामा गायक तुला र उनकी छोरी श्रृषा कुँवरको स्वरमा सजिएको गीतको भिडियोमा रश्मी तामागं र बिनोद न्यौपानेको निकै नै कलात्मक अभिनय रहेको छ । गीतको भिडियोमा एउटी श्रृगार विहिन सुन्दरीको खुलेर तारिफ गरिएको छ ।

जसलाई निर्देशक युवराज वाईवाले निर्देशन गरेका हुन् । गायक तुला स्वयमको संगीत रहेको गीतलाई उनले आँफ्नो जीवनकै निकै नै महत्वकाक्षी र विशेष गीतको संज्ञा दिन रुचाउँछन् ।

राजधानीको ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई रमेश चौधरीले एरेन्ज गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । दिपाल मान सिंहको कोरियोग्राफी रहेको भिडियोलाई वाइडस्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया