नेपालगन्ज २८ भदौ । सुर्खेतमा सवारी चालक अनुमति पत्र र ब्लुवुक नभएका तीनसय बढी अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगरमा रूट परमिट विना मनपरी अटो रिक्सा सञ्चालन गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले तीन सय एकवटा अटो रिक्सा नियन्त्रणमा लिएको हो ।

बाँकी बजारमा रहेका अटो रिक्सा नियन्त्रणमा लिने अभियान जारी राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख कवि सेन्चुरीले जानकारी दिनुभयो । उहाँले अटो रिक्सा चलाउन आवश्यक कागजपत्र विना चलाएको पाइएकाले नियन्त्रणमा लिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया