नेपालगन्ज ३० भदौ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ धम्बोझीस्थित मनकामना इंगलिस मिडियम स्कुलमा विभिन्न विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् ।

बिद्यालयले विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरुबाट चारित्रिक प्रमाणपत्र बाफत चर्कोे शुल्क असुलेको र विद्यार्थीहरुलाई धम्क्याएको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका संगठनहरुले तालाबन्दी गरीदिएका हुन ।

तालाबन्दीसँगै जारी विज्ञप्तिमा विद्यार्थिहरुबाट चारित्रिक प्रमाणपत्रको ५ हजार र एसइइ परिक्षामा सहयोग गरेबाफत थप ५ हजार गरि १० हजार शुल्क अशुलेको उल्लेख गरिएको छ । शुल्क दिन नमान्ने विद्यार्थिहरुलाई धम्क्याउने गरेको आरोप विज्ञप्तीमा लगाईएको छ । शुलभ शूल्कमा प्रमाणपत्र दिने सहमति नभएसम्म ताला नखोलिने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया