नेपालगन्ज ३० भदौ । नेपालगन्जमा अनुमति विनाका इ–रिक्सा चलाउन नपाइने भएको छ । दर्ता र लाइसेन्स विना इ–रिक्सा चलाउने क्रम बढेपछि त्यसलाई रोक्न परेको रिटमाथि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले शुक्रबार फैसला गर्दै दर्ता विनाका इ–रिक्सा सन्चालनमा रोक लगाएको हो ।

हाल सन्चालन भइरहेका इ–रिक्सा र टेम्पोहरु सवारी चालक अनुमति पत्र नभएकाहरुलाई चलाउन बन्देज लगाउन यातायात व्यवस्था कार्यालय बाँके, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रशासन कार्यालय बाँकेलाई अदालतले सो आदेश दिएको रिट निवेदक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

न्यायाधिसद्धय विष्णुदेव पौडेल र लेखनाथ पौडेलको संयुक्त ईजलासले रिटमाथिको बहसपछि सो आदेश जारी गरेको हो । गैरकानुनी रुपमा सन्चालन भइरहेका ति रिक्साका कारण सडक दुर्घटनाको जोखिम बढेपछि त्यसलाई व्यवस्थापन गर्न मागसहितको रिट दायर भएको थियो ।

तपाईको प्रतिक्रिया