नेपालगन्ज ३० भदौ । नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाद्वारा आज आयोजित त्रैमासिक रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन–तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आप्mनो रजत वर्षको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि नियमित रुपमा त्रैमासिक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हो । उक्त त्रैमासिक रक्तदान कार्यक्रममा सञ्चारकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतका एक महिला सहित ४५ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।

आफ्नो पत्रिकाको रजत वर्ष प्रवेशको अवसरमा मानवकल्याणकारी काम पनि गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम पछि रगतको अभावमा छट्पटिएका विरामी र आफन्तहरुको बढ्दो मागलाई मध्यनजर गरेर यो कार्यक्रमलाई त्रैमासिक रुपमा निरन्तरता दिने निर्णय गरिएको जनमतका सम्पादक पूर्णलाल चुकेले जानकारी दिए । उक्त कार्यक्रमलाई निरन्तरता दिंदै आज ३४ औं श्रृङ्खलामा आइपुग्दासम्म करीब ७ सय भन्दा बढीले रक्तदान गरिसकेको जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्वाददाता तथा कार्यक्रम संयोजक पवन जायसवालले जानकारी दिए ।

संयोजक जायसवालका अनुसार नेपालकै सबभन्दा बढी रक्तदान गर्ने गोपी नाथ वैश्यले १ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा नागरिक दैनिक पश्चिमेलीका सम्पादक कलेन्द्र सेजुवाल, महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, शिक्षाविद् डा. राजेश केशर खनाल, नापी कार्यालय बाँकेका नापी अधिकृत जनकराज ओझाले रक्तदान गर्नु भयो ।

त्यसैगरि रक्तदान गर्नेहरुमा पत्रकारहरु राकेश कुमार मिश्रा, गोविन्द शर्मा, सरोज रेग्मी, प्रमोद डि.जी., मेघराज जिएम, नियमित स्वयम्सेवी रक्तदाताहरु नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रहलाद विश्वकर्मा, रविन्द्र कुमार मिश्र, होमराज गिरी, संजय बढही, माधवराम वर्मा, निरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, विनोद कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, अधिवक्ता राम कुमार दिक्षित, मनमोहन वर्मा, अजवुद्दीन वागवान, जानकी गाउँपालिकाका वडाध्यक्ष रमेश कुमार वर्मा, तारा चौधरी, सुनिल रत्गैयाँ, कौशल कैराती, झविलाल शर्मा, वीर बहादुर खड्का लगायतले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, रविन्द्र कुमार मिश्र, होमराज गिरी लगायतले प्राविधिक सहयोग गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया