काठमाडौँ । नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको चर्चित फिल्म ‘म यस्तो गीत गाउँछु’ प्रर्दशनमा आएको आज ६४ दिनमा पनि प्रर्दशन जारी नै छ ।

पलको मुख्य भूमिका रहेको अर्को फिल्म ‘जोनी जेन्टलम्यान’ आजबाट रिलिज हुँदा पनि ‘म यस्तो गीत गाउँछु’ले अझै हल र दर्शक पाइरहेको निर्माण पक्षको दाबी छ ।

चलचित्रको ५१ दिनको सफलता समेत नमनाएको निर्माणपक्षले चलचित्रको ७५ दिन वा सय दिने सेलिव्रेशनको तयारी गरिरहेको स्रोतको दाबी छ ।

काठमाडौँको अष्टनारायण हलमा ५१ दिनसम्म चलेको यो चलचित्र गोपिकृष्ण र गुणमा ६४ दिन पुग्दा पनि प्रदर्शन भैरहँदा निर्माण यूनिट मक्ख छ ।

तपाईको प्रतिक्रिया