ताजा खबर :- कतिपय समयमा खानपान वा ग्यास्ट्रिकको कारणले पेटमा दुखाई हुनु सामान्य हुनसक्छ तर यदि बिनाकारण तपाईको पेटको कुनै पनि भागमा दुखाई भैरहेको छ भने यो कुनै पनि रोगतर्फ इशारा गर्नसक्छ । विशेषगरी पेटको अलग-अलग भागमा हुने दुखाईको कारण यस्ता हुन सक्छन्, जान्नुहोस् । 

१-पेटको बायाँतर्फ

यदि तपाईको पेटमा बायाँ तर्फ दुखाई महसूस भैरहेको छ र यो कहिले-कहिँ मात्र नभई अधिकांश समय हुन्छ भने सर्तक हुनुहोस् । यो मृगौला सम्बन्धी समस्या वा मृगौलामा पत्थरी बन्ने कारण हुनसक्छ । यस आवस्थामा पानी प्रशस्त मात्रामा पिउनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस् ।

२- पेटको दायाँतर्फ

पेटको दायाँ हात तर्फ हुने दुखाईले लगातार तपाईलाई पीडित बनाएको छ भने यो सामान्य होइन । दायाँतर्फ हुने दुखाईले शरीरको अन्य समस्यालाई पनि इशारा गर्छ । यो विशेषगरी अपेंडि‍साइटिसको कारणले पनि हुनसक्छ ।

३-पेटको बीचमा

पेटको बीचमा हुने दुखाईले पेटमा अल्सर हुने इशारा गर्छ । यसको साथै ग्यास्ट्रिक र अम्लीयताको कारण पनि यस किसिमको दुखाई उत्पन्न हुन्छ । यस्तो अवस्थामा छिट्टै चिकित्सक कहाँ गई जाँच गराउनुहोस् र सल्लाह लिनुहोस् ।

४- पेटको माथितर्फ

पेटको माथि र छातीको ठिक तल हुने दुखाई विशेष रूपले एसिडिटीको कारण हुनसक्छ । यस स्थितिमा तुरुन्त औषधी सेवन गर्नुको साटो एक गिलास चिसो दुध पिउनुहोस् वा एक सानो अदुवाको टुक्रा मुखमा राखेर चुस्नुहोस् । यसपछि पनि दुखाई कम नभएमा चिकित्सकलाई देखाउनुहोस् ।

५- पेटको तल्लोतर्फ

पेटको तल्लोतर्फ हुने दुखाईले मुत्राशय सम्बन्धित समस्यालाई इशारा गर्छ । यो मुत्रनलीमा इन्फेक्शन वा सिस्टको कारणले हुनसक्छ । महिलाहरूको मासिक कार्यको समयमा पनि पेटको तल्लो भागमा दुखाई हुन्छ ।

तपाईको प्रतिक्रिया