काठमाडौं । लगातार एकीकृत बस्ती निर्माण गरेर दुखी र पिडितहरुका मुहारमा निरन्तर खुशी दिन सफल भएका हाँस्यअभिनेता तथा समाजसेवी सिताराम कट्टेलर धुर्मुस सुन्तलीको फाउण्डेशनले रौतहटका बाढी पीडितहरुका लागि एकीकृत नमूना वस्ती निर्माण गर्ने भएका छन् ।

स्थलगत अध्ययन तथा अवलोकन पश्चात फाउण्डेशनले जिल्लाको चन्द्रपुर नगरपालिका-८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर वस्ती’ निर्माण गर्ने टुङ्गो लगाएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्या बसोवास रहेको छ । वस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ ।

वषौंदेखि गरिवीको चपेटामा परेका उनीहरुको अवस्था बाढीका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक बनेको अवस्थामा धुर्मुस सुन्तलीको फाउण्डेशनको यो कदमले दुखी रौतहटबासीको घाउमा मलम लगाउने काम गरेको छ ।

तपाईको प्रतिक्रिया