एजेन्सी । सुन पसलमा चोरीका घटना प्राय ताला फोरेर र झुक्याएर हुने गरेका छन् । तर भारतको बेंगलोरको प्लाटिनम लजमा भाडामा बस्न गएका मोहम्मद हुसैनले त्यहाँ गएकै दिन होटलको तल्लो तलामा सुन पसल देखे लगत्तै चोरीको योजना बुने । उनले आफु बसेको कोठाको भुईमा प्वाल पार्न थाले जुन भुई सुन पसलको छत फोड्न थाले ।

डेढ फोटो बाक्लो छतमा उनले १० दिन लगाएर रात भर प्वाल पार्ने कामलाई तिब्रता दिए । उनले ल्याएको मेशिनले ठुलो आवाज गरेपछि अन्य ग्राहकले होटेल प्रसाशनलाई खबर गरेका रहेछन । तर सयोगबस त्यहि समय होटेल कै अर्को भागमा निर्माण कार्य तिब्र भईरहेको रहेछ ।

होटेलले निर्माण कार्यजारी रहेकाले केहि समय आवाज आउने भन्दै असुविधाको लागि माफी माग्यो । शनिबारको दिन पसल बन्द हुने भएकाले उनले त्यही प्वालबाट पसलमा झरेर ३ केजी सुन बोकेर फरार भए । प्रहरीले होटलवालाको समेत घटनामा संलग्नाता रहेको निश्षकर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया