एजेन्सी । बलिउडका चर्चित कमेडियन कपिल शर्मालाई फेरी अर्को बज्रपात आइलागेको छ ।सहकर्मी सुनिल ग्रोबरसँग झगडापरेपछि अप्ठ्यारोमा परेका कपिललाई उनको स्वास्थ्यले पनि साथ नदिँदा बलिउडका चर्चित कलाकारहरुले पनि असहयोग गरिरहेका बेला उनकी प्रेमीका गिन्नीले पनि साथ छोडेकी छन् ।

आगामी वर्ष बिहेको तयारीमा रहेका यि दुइको ब्रेकअप भएको र उनीहरु साथमा नरहेको भारतीय मिडिायाले उल्लेख गरेका छन् । यसको जिम्मेवार भने कपिलकै शो को एक महिला सदस्यलाई मानिएको छ ।

हाल पनि अस्वस्थ अवस्थामा आराम गरिरहेका कपिलले सबै हल्लालाई चिर्दै गिन्नीसँगको प्रेम प्रस्ताव स्वीकारर आँफु बिहेको लागी तयार भएको बताइरहेका बेला यस्तो दुखद खबर बाहिरिएको हो ।

तपाईको प्रतिक्रिया