काठमाडौँ- हालै हाइड्रोजन बम परिक्षण गरेको उत्तर कोरियाले अमेरिकालाई खरानी बनाउने र जापानलाई समुन्द्रमा दबाइदिने चेतावनी दिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अमेरिका र जापानले आफू माथि संयुक्त राष्ट्रसंघबाट थप नाकावन्दी लगाउन पहलगरेको भन्दै उत्तर कोरीयाको यस्तो डरलाग्दो चेतावनी बाहिर आएको हो ।

उत्तर कोरिया माथि नाकावन्दी लगाउने गरी अमेरिकाले तयार गरेको मस्यौदालाई सुरक्षापरिषदले सोमबार सर्वसम्मत रुपमा पारित गरेको थियो । यता जापानले उत्तर कोरियाको त्यस्तो चेतावनीलाई उत्तेजक बक्तव्यको संज्ञा दिएको बताइएको छ । उत्तर कोरियाले मस्यौदा तयार गर्ने र पारित गर्नेमा जापान अमेरिकी तालमा नाचेको आरोप लगाउदै यस्तो धम्की दिएको हो ।

तपाईको प्रतिक्रिया