काठमाडौँ । नायिका नीता ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म निर्माण कम्पनीको औपचारिक घोषणा गरेकी छन् । निताले बिहिबार आफ्नो २५ औ जन्मदिनको अवसर पारेर नायिका ढुंगानाले ‘नीता फिल्मस् प्रोडक्शन’ घोषणा गरेकी हुन् ।

अब, यो प्रोडक्शनबाट चलचित्र निर्माण गर्ने उनले खुलाइन् । जन्मदिनको अवसर पारेर नीताले चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी कोषलाई २० हजार रुपैयाँ सहयोग समेत गरिन् ।

पछिल्लो समय चलचित्र निर्माणमा नायिकाहरु धमाधम लागीरहेका बेला निताले पनि निर्माण क्षेत्रमा हात लागेसँगै उनलाई हौस्याउन झरना थापा, नायिकाहरु अनु शाह, सुरविना कार्की, मोडल सम्पदा बानियाँ, कोरियोग्राफर गोविन्द राई, निर्देशक दिनेश राउत, मिलन चाम्स, निर्माता सुवास गिरी लगायतका ब्यत्तिवको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया