विराटनगर – नेपालि सांगीतिक जगतकामा साधनारत नव गायक गायिकाहरुको स्वरमा नयाँ गित बजारमा दशैँ लाई लक्षित गरेर आउने क्रम जारी रहेको छ । यसै क्रममा गायक भेषराज भण्डारी र गायिका मनमाया श्रेष्ठको सुमधुर स्वरमा “दशैँ तिहार आयो गाउँमा ” बोलको गित बजारमा आइपुगेको छ ।

दशै जस्तो नेपालीहरुको महान पर्वमा आफनो परिवार सगँ मनाउन नपाउने परदेशी छोरा र श्रीमतिलाई पिर नमान्न आग्रह गदै गित मार्फत व्यक्त गरिएको छ । गाउँ घरमा दशैको मौका मा हुने झिलीमिलि भएको बेला आफनो छोरो नहुदाँ पिडालाई गिती सम्बाद माफत कलात्मक रुपमा समेटिएको छ ।

“दशैँ तिहार आयो गाउँमा ” भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन अबिनास डिसि ले गरेका छन् । भिडियोलाई काजिस श्रेष्ठ ले निर्देशन गरेका छन भने । भौरव कालिका म्युजिक प्रा ली मार्फत बजारमा ल्याइएको छ ।

“दशैँ तिहार आयो गाउँमा ” गितको भिडियोमा रमा थपलिया , विमल अधिकारी , अनिषा श्रेष्ठ र खेमको अभिनय रहेको छ । आम दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ वन्न सक्ने गायक भेषराजले बताएका छन ।

तपाईको प्रतिक्रिया