काठमाडौँ -रामजी खाँड चर्चित लोक तथा दोहोरी गायक हुन् । उनले गाएका प्रायः गीत दर्शक–श्रोतामाझ हिट छन् । खाँडले अहिलेसम्म पाँच हजारभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । गायनका साथै मोडलिङमा पनि त्यत्तिकै सक्रिय उनका थुप्रै फ्यान छन् । तीमध्ये कतिपय फ्यान उनको मानसपटलमा अझै पनि ताजा छन् । तिनै फ्यानका किस्सा उनले महेश तिमल्सिनासँग यसरी खोले स्

जब दुई गीत चल्यो‘ ‘पछ्यौरी लेऊ बैना’, ‘भट्टी पसल’ बोलको गीत चल्दा मलाई कसैको घरमा पूजा, विवाह अथवा कुनै अवसरमा गीत गाउन बोलाउनुहुन्थ्यो । त्यस्तै, विद्यालय, क्लबलगायतका संघसंस्थाको कार्यक्रममा पनि निम्तो आउँथ्यो । त्यो वेलामा म निकै व्यस्त हुन्थेँ । मैले यी दुईवटा गीत चलिसकेपछि महिनामा ३० दिन नै कार्यक्रममा गीत गाउँथेँ र रातभरि यात्रा गर्थें । त्यो वेलामा सानासाना बच्चाहरू आएर मलाई चिमोट्थे । उनीहरू मलाई छुन मात्र पाए हुन्थ्यो भन्ने चाहन्थे ।

बिहे गरौँ भन्नेको लाइन मेरो बिहे भइसकेको छ । तर, थाहा नपाउनेहरूले म्यासेज गरेर तपाईं असाध्यै मनपर्यो, मैले यति पढेको छु, यो काम गर्छु, तपाईंसँग बिहे गर्छु भन्छन् । त्यसमध्ये पनि आजभन्दा केही वर्षअघिसम्म लन्डन र जापानमा बस्ने दुईजना युवतीले बिहे गरौँ भनेर धेरै म्यासेज गरेको सम्झिरहन्छु ।

धनगढीको कार्यक्रममा १ सय ५० जनाको सेक्युरिटी आजभन्दा चार वर्ष पहिला म सुदूरपश्चिमको धनगढीको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ मैले एकदमै क्रेजी फ्यान फेला पारेँ । म आउने भनेपछि माहोल त्यत्तिकै तातेको थियो । त्यतिखेर म स्टेजमा जाने वेलामा एक सय ५० जनाभन्दा बढीको त सेक्युरिटी नै दिनुपरेको थियो । त्यो सम्झँदा अहिले पनि गर्व महसुस हुन्छ ।

फोटो खिचौँ भनेर गालामा किस १ आजभन्दा चार वर्ष पहिला म टीकापुरको एउटा कार्यक्रममा गएको थिएँ । कार्यक्रम सकिएपछि फोटो खिच्ने क्रम चल्यो । त्यहीक्रममा एकजना युवती फोटो खिच्छु भन्दै आउनुभयो । मैले पनि उहाँको आग्रहलाई स्विकारेँ । उहाँले मसँग टाँसिएर फोटो खिच्नुभयो । यसरी फोटो खिच्ने क्रममा उहाँले मेरो गालामा किस पनि गर्नुभयो । यस्तो देख्दा आफैँलाई अचम्म लाग्यो ।

कार्यक्रम सकिएपछि फोटो खिच्ने क्रममा एकजना युवती फोटो खिच्छु भन्दै आउनुभयो । मैले पनि उहाँको आग्रहलाई स्विकारेँ । उहाँले मसँग टाँसिएर फोटो खिच्नुभयो । फोटो खिच्ने क्रममा उहाँले मेरो गालामा किस पनि गर्नुभयो । यस्तो देख्दा आफैँलाई अचम्म लाग्यो । बुढीआमाहरूले गाला मुसार्नुहुन्छ मेरो वृद्धवृद्धा पनि त्यत्तिकै फ्यान हुनुहुन्छ । उहाँहरूले मलाई धेरै माया गर्नुहुन्छ । कहिलेकाहीँ उहाँहरूलाई भेट््दा यति मन छुने गीत गायौ बाबु तिमीलाई आशीर्वाद छ भनेर गाला मुसार्नुहुन्छ ।

मिसकल हान्ने फ्यान धेरै पहिला मेरा एल्बम नचलेका वेलामा धेरैवटा तरिकाहरू अपनाइयो । त्यो वेला कभरमै सम्पर्क नम्बर राखिन्थ्यो । जब मेरा एल्बमहरू चल्न थाले तब मेरो मोबाइलमा मिसकल हान्ने धेरै थिए । त्यसरी मिसकल हान्नेमा धेरैजसो केटीहरू नै हुन्थे । मलाई धेरै मिसकल आएपछि मैले फर्काउँथेँ । त्यसपछि उहाँहरूले उल्टै को बोल्नुभयो भनेर सोध्नुहुन्थ्योे रु अनि मलाई हाँसो उठ्थ्यो ।

मेरो गीत कसैको वास्तविक जीवनसँग मेल खायो सिन्धुपाल्चोकमा एकजना विशाल भन्ने फ्यान हुनुहुन्छ । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदोरहेछ । उहाँले मैले गाएको ‘तिम्रो मेरो सम्बन्ध धेरै माथि हो’ भन्ने गीत सुन्नुभएको रहेछ । त्यो गीतले उहाँको यथार्थ नै बोलेजस्तो लागेछ । कस्तो भने उहाँ र साथीले एउटै केटीलाई मन पराउनुहुँदो रहेछ अनि त्यो गीतमा पनि त्यस्तै शब्द छ । पछि उहाँले मलाई भेटेर यो गीत त मेरै लागि बनाउनुभएको जस्तो लाग्यो भन्नुहुन्थ्यो । यसरी श्रोताहरूबाट माया पाउँदा धेरै खुसी छु ।

म गगन थापाको फ्यान म कांग्रेस नेता गगन थापाको डाइहार्ड फ्यान हुँ । साथै, गगन थापा पनि मेरो फ्यान हुनुहुन्छ । एकपटक धादिङको सल्यानटारमा एउटा कार्यक्रम थियो । त्यहाँ प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो । उहाँले त्यहाँ रामजी खाँडको गीत मलाई असाध्यै मनपर्छ, धेरै सुन्छु भन्नुभयो । मलाई नेताहरूमा मेरो गीत मनपर्छ भन्ने उहाँ नै हुनुहुन्थ्यो । उहाँले त्यसोभन्दा ममा खुसीको सीमा नै रहेन ।

गीतले छुटेको जोडी जुट्यो जब मैले ‘फूल फुलेर पहेँलै भयो, आधी जोवन हाँसखेलमै गयो आधी जोवन मायालाई भयो’ भन्ने गीत गाएका वेला एकजना दाइसँग उहाँको प्रेमिका नबोलेको झन्डै दुई महिना भएको रहेछ । उहाँहरूको प्रेम छुटिनेक्रममा रहेछ । यो गीत आएपछि त्यो दाइले उहाँको प्रेमिकालाई फेसबुकमा गीत पठाइदिनुभएछ । उहाँको प्रेमिका पनि मेरो डाइहार्ड फ्यान हुनुहुँदोरहेछ । उहाँले यो गीत सुनेपछि उहाँहरूको प्रेम फेरि जोडियो । साथै, उहाँहरू विवाह बन्धनमा पनि बाँधिनुभएछ । यस्तो सुन्दा साँच्चै गर्व महसुस हुन्छ ।

तिजमा व्रत बस्छु भन्ने पोखराकी युवती एकजना पोखराकी युवती हुनुहुन्छ । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँले मलाई हरेक तिजमा म तपाईंका लागि व्रत बस्छु ल भनेर म्यासेज गर्नुहुन्छ । तर, मैले त्यसको कुनै रिप्लाई दिन्नँ । किनकि उहाँले जिस्क्याउनका लागि भन्नुभएको हो कि अथवा साँच्चै भन्नुभएको हो । त्यो त मलाई थाहा छैन ।

फ्यानलाई फेसबुकमा ब्लक मलाई फेसबुकमा अनावश्यक म्यासेज, फोन गर्ने फ्यानलाई ब्लक पनि गरेको छु । जसमा मेरा नजिकका साथीहरू पनि पर्छन् । ब्लक गर्नु राम्रो त होइन, तर अति भएपछि मैले ब्लक गरेको छु ।

चिया खाँदा युवती हराएपछि‘ काठमाडौंमा बस्ने एकजना बाग्लुङकी युवती हुनुहुन्छ । एकपटक कमलादीको एउटा स्टुडियोबाट गीत गाएर निस्कने वेलामा उहाँसँग भेट भयो । उहाँ मसँग म्यासेन्जरमा कुरा गरिरहनुहुन्थ्यो । मलाई त्यहाँ एक्कासि भेट्दा निकै उत्साहित हुनुभयो । उहाँले चिया खाऔँ भन्नुभयो । एकछिन चिया खानका लागि बस्यौँ । उहाँ एकछिन हराउनुभयो । एकछिनपछि त उहाँले मेरो फोटोसहितको ग्लास प्रिन्ट गरेर ल्याउनुभयो । म त अचम्मै भएँ ।

मजस्तै बन्न खोज्ने स्याङ्जाका कमल भाइ स्याङ्जामा एकजना कमल भाइ हुनुहुन्छ । उहाँ मेरो निकै डाइहार्ड फ्यान हो । उहाँले सधैँ मेरो गेटअपलाई फ्लोअप गर्नुहुन्छ । मैले जस्तो कपडा लगाउँछु त्यस्तै लगाएर मलाई फेसबुकमा फोटो पठाउनुहुन्छ । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया