शान्त वातावरण, घण्टाको सुमधुर ध्वनि, भजनकिर्तनको माहोल र धुप नैवैद्यको बास्ना ।

पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्विर हो यो । अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्विर देखिँदैन ।

-सहरबासी शान्त खोज्दै मन बहलाउन समेत पुग्ने पशुपति क्षेत्र अहिले अस्तव्यस्त बसपार्क जस्तै भएको छ ।

-आसपासा क्षेत्रमा जताततै अव्यवस्थित रुपमा सवारी साधन पार्किङ भइरहेको देखिन्छ ।

-प्रवेशद्धार जाने र परिसरभित्रका सडक भत्किएका छन् ।

-हेरक जसो सडकमा खाल्डा खुल्डी छन् ।

-बाटो र पेटिभर असरल्ल थुपारिएका निर्माण सामाग्री देखिन्छन् ।

मन्दिर दर्शनार्थीले प्रवेशद्धारतर्फ बढ्दा छिचोल्नुपर्छ, बाटो छेकेर राखिएका सवारी साधन, छरिएका निर्माण समाग्री, धुलो, धुवाँ, फुटेको ढलबाट निस्केको दुर्गन्ध, मगन्तेको लाइन र फूल तथा पूजा सामाग्री बेच्न बसेका व्यपारीको तानातान ।

यसले हिन्दू धर्मावलम्बीको आराध्यदेवकै प्रतिष्ठामा दाग लागिरहेको छ ।
अचेल अफ् गर्दै नाक थुनेर हिँड्दै गरेका विदेशी पर्यटक पशुपति क्षेत्र पुग्ने जो कोहीले देख्न सकिन्छ ।

आजको नागरिक काष्ठमण्डपमा खबर छ ।

तपाईको प्रतिक्रिया