ताजा खबर :- दुनियाभरि चिया रुचाउने मानिसको कुनै कमी छैन । चियालाई अलग-अलग स्वाद र प्रकार अनुसार फाइदाको लागि चिनिन्छ तर के तपाईलाई थाहा छ कि कालो चिया पनि तपाईको लागि निकै फाइदायुक्त हुन्छ । कालो चियाबाट हुने लाभ जान्न चाहन्छु भने यी जानकरी अवश्य राख्नुहोस् ।

१- हृदयको लागि फाइदायुक्त

कालो चिया तपाईको मुटुको लागि निकै फाइदायुक्त मानिन्छ । दिनहुँ एक कप कालो चिया पिउँदा मुटुलाई स्वस्थ बनाई राख्नमा मद्दत गर्छ । यसमा रहेको फ्लेवेनोयड्स एलडीएल कोलेस्ट्रॉललाई कम गर्छ । यसको साथै कालो चियाको प्रयोग हृदयको धमनीलाई स्वस्थ राख्नमा मद्दत गर्ने र रगत जम्ने प्रक्रियालाई पनि कम गर्न सहयोगी हुन्छ ।

२- क्यान्सर

कालो चिया दिनहुँ आफ्नो डाइटमा समावेश गरी प्रोस्टेट, ओभेरियन र फोक्सोको क्यान्सरबाट बँच्न सकिन्छ । कालो चियाको प्रयोगले शरीरमा क्यान्सर कोशिकालाई नष्ट गर्नमा मद्दत गर्छ । यसले महिलाहरूमा ब्रेस्ट क्यान्सरको सम्भावनालाई रोक्छ र साथै मुखको क्यान्सरबाट पनि बचाउन मद्दत गर्छ ।

३- मस्तिष्क विकास

मस्तिष्कको कोशिकालाई स्वस्थ राख्नुको साथै यसमा रक्तको प्रवाहलाई अझ राम्रो बनाउनको लागि कालो चिया पिउनु निकै उपयोगी हुन्छ । दिनमा लगभग ४ कप कालो चियाको सेवन तनावलाई कम गर्न सहायक हुन्छ । यसले स्मरण शक्ति बढाउने र तपाई पहिले भन्दा अधिक सतर्क र सक्रिय बन्नुहुन्छ ।

४- पाचन

कालो चियामा पाइने टेनिन पाचनको लागि निकै लाभकारी हुन्छ । यो ग्यास्ट्रिकको साथै पाचन सम्बन्धि अन्य समस्याहरूमा पनि निकै लाभदायक हुन्छ । साथै पखाला लाग्दा पनि कालो चियाको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।

५- एनर्जी

दिनहुँ कालो चिया पिउँदा तपाई अधिक ऊर्जा महसूस गर्नुको साथै सक्रिया पनि रहनुहुन्छ । कालो चियामा पाइने कैफिन, कफीको तुलनामा अधिक फाइदायुक्त हुन्छ र मस्तिष्कलाई सतर्क राख्छ, जसले तपाईको शरीरमा उर्जाको संचार निरन्तर हुन्छ ।

६- कोलेस्ट्रोल

यसले तपाईको शरीरमा कोलस्ट्रोलको स्तरलाई कम गर्छ, यसकारण तपाईको वजन बिस्तारै-बिस्तारै कम हुन् थाल्छ । यो शरीरमा मेटाबोलिक प्रक्रियालाई बढाउन सहायक हुन्छ । जसले वजन कम गर्न मद्दत गर्छ ।

७-त्वचा

कालो चिया पिउनु तपाईको त्वचाको समस्याहरू र विशेषगरी संक्रमणबाट बचाउन मद्दत गर्छ । यसको साथै चाउरीपनबाट तपाईको त्वचालाई बचाउँछ र यसमा पाईने एन्टीअक्सीडेन्ट तत्वले त्वचाको क्यान्सरबाट पनि बचाउँछ ।

तपाईको प्रतिक्रिया