काठमाडौँ-  सरकारले पूर्वी नाका काँकडभिट्टामा म्यानमारबाट विस्थापित भएका रोहिंग्या मुस्लिमहरु नेपाल प्रवेश गर्नेक्रम बढेपछि त्यसलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।नेपाल प्रवेश गर्न चाहने विदेशीहरुलाई कडाइ गर्दै प्रहरीले काँकडभिट्टा नाकामा चेकजाँच तीव्र पारेको हो ।

नाकामा परिचयपत्रका आधारमामात्रै नेपाल छिर्न दिइएको बताइएको छ ।म्यानमारको रहाइन राज्यमा हिंसा भड्किएपछि विस्थापित भएका रोहिंग्या मुस्लिमहरु बंगलादेश, भारत हुँदै नेपाल प्रवेश गर्ने खतरा बढेपछि प्रहरीले सीमानाकामा सुरक्षा कडा बनाएको हो । म्यानमारमा हिंसा भड्किएपछि केही दिनयता करिब तीन दर्जन रोहिंग्याहरु नेपाल आइसकेका छन् ।

तपाईको प्रतिक्रिया