एजेन्सी -दक्षिण कोरियामा एक महिललाले आफुलाई वेवास्ता गरेको भन्दै पतिको लिङ्ग काटिदिएकी छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार किम नामकी उक्त महिलाले आफूलाई वेवास्ता गरेको रिसमा सुतिरहेका बेलामा ५४ वर्षीय पतिको लिङ्ग काटेर ट्वाइलेटमा फालिदिएको बताइएको छ ।

लिङ्ग काटिदिएपछि पीडाले चिच्याएका पतिलाई छिमेकीले तत्काल अस्पताल लगि उपचार गरिएको बतायएको छ ।अहिले किम प्रहरीको नियन्त्रणमा छन् ।उनले आफूलाई वेवास्ता गरेको, पैसा नदिएको र गल्फ बढी खेलेको कारणले
आफु लिङ्ग काट्न बाध्य भएको बयान प्रहरीलाई दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया